कन्हैया पटेल/पर्सा । लायन्स क्लब अफ वीरगन्ज सेन्ट्रल सिटि र लायन्स क्लब प्रभुको सन्युक्त आयोजना तथा किरण आँखा अस्पतालको प्राविधिक सहयोग मा बिरगंज वडा नम्बर १५ भीष्वा स्थित नवदिप एकेडमी स्कुलमा आँखा चेकअफ शिविर सम्पन्न भएको छ।
सो शिविरमा नवदिप एकेडमीका पि.जी.देखि ८ कक्षा सम्मको स-साना विद्यार्थीहरुको आँखाको चेकअफ गरिएको थियोे। कुल ६ सय जना विद्यार्थीहरुलाई चेक जांच गर्दा ५० जना विद्यार्थीहरुको आँखामा समस्या देखिएको थियो भने बाकी विद्यार्थीहरु को आंखामा सामान्य समस्या रहेको हुदा उनिहरुलाई निशुल्क आई.ड्रॉप दिईएको नवदीप एकेडमीका संचालिका सुशीला साह के बताए।
कार्यक्रमका प्रमुख अतिथी भाईस डिस्टिक गभर्नर लायन राम बिहारी पाण्डेको आतिथ्य एवं डा.लक्ष्मी थापाको अध्यक्षतामा सम्पन्न भएको थियो।
सो कार्यक्रममा लायन्स क्लब अफ वीरगन्ज सेन्ट्रल सिटिका उपाध्यक्ष सुशिला साह ,सचिव देवन्ती साह,कोषाध्यक्ष कविता खडका ,प्रभुका अध्यक्ष लायन दिगम्बर गुप्ता ,लायन नरोतम पाण्डे,लायन भुशन प्रसाद गुप्ता लगाएतकाहरुको उपस्थिति रहेको थियोे।
सो शिविरमा किरण आँखा अस्पतालका प्राविधिक गुडिया महतो,कबिता पोखरेल,राज कुमार भण्डारी लगाएत स्कूलका शिक्षक शिक्षिका ,संचारकर्मी हरुको विशेष उपस्थिति रहेको थियोे।