पर्सा । नेपाल निजामती कर्मचारी संगठन पर्सामा पाँच जना मनोनित भएका छन । नारायणी अस्पताल विरगंजको सभाहलमा सम्पन्न बैठकले पदाधिकारी सहित सदस्यमा ५ जनालाई मनोनित गरेको छ ।
नेपाल निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष सुनिल कुमार रौनियारको अध्यक्षतामा गठित कमिटी रिक्त रहेको पदमा ५ जनालाई मनोनित गरिएको छ ।
नेपाल निजामती कर्मचारी संगठन पर्साको बैठकले रिक्त रहेको जिल्ला कार्यसमितिको सचिमा मन्दिप कुमार यादव , कोषाध्यक्षमा सुनिल कुमार यादव , महिला सदस्यमा सृष्टि विष्ट , कविता टोलाङ्गी र सदस्यमा हृदेश नारायण पर्वतलाई मनोनित गर्दै १५ सदस्यीय जिल्ला कमिटी विस्तार गरेको हो ।
अध्यक्ष रौनियारले नेपाल निजामती कर्मचारी संगठन पर्साको गठित कमिटीले पूर्णता पाएसँगै अधिवेशनको कार्यमा लागेको तर्क व्यक्त गरे साथै नेपाल निजामती कर्मचारी संगठन नै पेशाकर्मीहरुको सच्चा अभिभावक भएकोले सम्पुर्ण कर्मचारीहरुलाई नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध हुन आब्हान गरेका थिए ।