पर्सा , साउन ६
पर्सा प्रहरीले ५ किलो ३ सय ३४ ग्राम चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी इनर्वाको टोलीले सीमावर्ती भारतीय बजार रक्सौलबाट वीरगन्जतर्फ आइरहेका ४३ वर्षीय अंगत साहलाई अवैध चाँदीका गहनासहित पक्राउ गरेको हो । रक्सौलबाट वीरगन्जतफ शंकराचार्य गेटनिर चेकजाँच गर्ने क्रममा कालो झोलाभित्र गर्दा ५ केजी ३३४ ग्राम चाँदी बरामद भएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।

पक्राउ परेका साह सप्तरीको राजविराज उपमहानगरपालिका– २ मेघरा निवासी साहले हाल चितवनको खैरेनी नगरपालिका– २ मा श्रीया ज्वेलर्स सञ्चालन गरेका छन् । तयारी गरगहनाहरु भारतबाट भित्रिँदै छन् भन्ने सूचनाको आधारमा प्रहरीले विशेष निगरानी बढाएको थियो । राजश्व छली चोरी पैठारी मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ । आवश्यक कारवाहीका लागि साहलाई राजश्व अनुसन्धान कार्यालय पथलैया पठाउने प्रहरीले जानकारी दिएको छ ।