बारा, साउन ६
बाराको बारागढी गाउँपालिकाको सभाहलमा एक कार्यक्रम बिच ८५ बर्ष भन्दा माथीको ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।गाउँपालिका अध्यक्ष देवदत बछार थारु ,उपाध्यक्ष लक्ष्मी देबी राय र प्रमुख प्रशासकीय अधिकृत अमोद चौधरी द्वारा ज्येष्ठ नागरिकलाई दोसला ओढाएर सम्मान गरिएको हो । गाउँपालिकामा रहेको गरिब, बिपन्न ,दलित ,मुस्लिम ,आदिवासी जनजाती र विभिन्न बर्गका ज्येष्ठ नागरिकले गाउँपालिकाको बिकासको काममा सधै राम्रो राय र सुझाव दिदै आएको हुनाले उहाँहरुलाई दोसल्ला उढाएर सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत अमोद चौधरीले बताए। उहाँले ज्येष्ठ नागरिकको स्वास्थ्यको ख्याल गर्दै र कोरोनाबाट बच्नको इमयूनिटी पावर बढाउन होर्लिक्स समेत बितरण गरिएको छ ।सम्मान कार्यक्रममा गाउँपालिकाको सम्पूर्ण वडा अध्यक्ष क्रमचारी , प्रहरी लगायत स्थानिय संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।