जनकपुर । जनमत पार्टीले आउँदो माघ ५ गते मधेश आन्दोलनका सहिदहरूको सम्मानमा मधेश बलिदानी दिवस मनाउने घोषणा गरेको छ।
पार्टीका महासचिव चन्दन सिंहद्वारा जारी विज्ञप्तिमा मधेश आन्दोलनका सहिदहरूको योगदानलाई स्मरण गर्दै तस्बिरमा दीप प्रज्वलन गर्ने कार्यक्रम तय गरिएको उल्लेख छ।
महासचिव सिंहका अनुसार, बलिदानी दिवस जनमत पार्टीका सबै वडा स्तरमा मनाइनेछ। उनले मधेशका प्रत्येक वडामा सहिदहरूको सम्मानमा विशेष कार्यक्रम गर्ने निर्देशन दिइएको जानकारी दिए।
यस दिवसले मधेश आन्दोलनका सहिदहरूको बलिदानलाई स्मरण गर्दै मधेशी पहिचान र अधिकारका लागि गरिएको संघर्षको महत्त्वलाई उजागर गर्ने जनाइएको छ।