बारा , साउन ७
इन्टरनेसनल कमिशन फर दलित राईटस,अमेरीकाको आर्थिक सहयोग र पिसफोर दलितस फाउन्डेसन नेपाल, प्रदेश -२ , पर्साको आयोजनामा बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा-२ दोहोरी गाउँको दलित समुदायको लागि खाद्यान्न वितरण गरिएको छ।

विगत लामो समय देखि कोभिड बाट बच्नको लागि विश्व र नेपाल भरी लकडाउन / निषेधाज्ञा गरेको अवस्था रहेकोे छ। यस लकडाउन / निषेधाज्ञाको पालना सबैले गरेका छ्न। सबै काम बन्द भएकोले गरीब , दलित , मजदुर र श्रमिकहरु प्रभावित रहेकोे छ्न। अहिले समान्य अवस्था रहे पनि काम चलेको छैन । अहिले पनि दलित , मजदुरलाई खाना खाने समस्या रहेकोे छ। दैनिकी गुजारा गर्ने समस्या रहेकोे छ। दलित गरीब तथा अति विपन्नहरुलाई धेरै खाद्यान्नको समस्या रहेकोेले केही राहत पुगोस भन्ने सहयोग गरिएको छ।

पिसफोर दलितस फाउन्डेसन नेपालको सहकार्यमा इन्टरनेसनल कमिशन फर दलित राईटस,अमेरीकाको आर्थिक सहयोगमा प्रदेश -२ को ३ जिल्लाको अति प्रभावित गाउँ गाउँहरुमा खाद्यान्न राहत सहयोगको योजना अनुसार वितरण कार्य सुरु गरिएको छ।

यस बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा-२ दोहोरी गाउँको अति विपन्न र दलित समुदायको ५६ घरपरिवार घरधुरीको लागि खाद्यान्न राहत सहयोग गरिएको छ। जसमा २० केजी चामल , १ केजी नुन र १.५ केजी दाल र मास्क सहयोग गरिएको छ।

यस कार्यक्रमको अध्यक्षता दलित अगुवा रामेश्वर राम ज्यु , कलैया उपमहानगरपालिका वडा-२ को अध्यक्ष राजेन्द्र कुमार महतो ज्युको प्रमुख अतिथि , दलित अगुवा योगेन्द्र पसवान , पिसफोर दलितस फाउन्डेसन नेपालले गठन गरेको नागरिक स्वयंसेवी समुहको संयोजक पारमानन्द राम, संयोजक सुरेन्द्र पासवान , सन्जोग राम र अशोक राम , दलित अगुवा र दलित जनप्रतिनिधि दलित महिला सदस्यहरुको सहभागिता रहेकोे थियोे ।
यस कार्यक्रमको सहजीकरण पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष मनोज राम ज्युले गर्नु भएको छ।