पर्सा , साउन ८
वीरगञ्जको सिमावर्ती शहर रक्सौलबाट ट्रकमा ‘फल्स बटम’ बनाएर अवैध तरिकारले नेपालमा कपडा तस्करी गर्न खोजिरहेका चालक र ट्रकलाई भारतको रक्सौल भन्सारका कर्मचारीले नियन्त्रणमा लिएका छन्।१२ लाख रुपैयाँ बराबरको कपडा फल्स बटम बनाएर लुकाएको रक्सौल भन्सारका कर्मचारीले जानकारी दिए ।बिहीबार साँझ रक्सौलबाट बिरगंजतर्फ आउँदै गरेको ना ३ ख ८६ नम्बरको ट्रकलाई विशेष सूचनाको आधारमा रक्सौल भन्सारका कर्मचारीले चेकजाँच गर्दा ट्रकभित्रको फल्स बटममा १२ पोका कपडा बरामद गरिएको बताए।रक्सौल भन्सारका आशुतोष कुमार सिंहका अनुसार पोका भित्र साडी, सर्टिङ, सुटिङ, सुटलगायतका कपडा बरामद भएका छन् ।