पर्सा । नेशनल इन्फोटेक कलेज वीरगन्जद्वारा आयोजित ऐन आई कप ८१ को उद्घाटन खेलमै ग्लोबल बिजनेस कलेजले सजिलै जीत हासिल गरेको छ ।
आज शनिबार वीरगन्ज स्थित नारायणी स्टेडियम सुरु भएको खेलमा आयोजक टिम ऐन आई कलेजले टच जितेर फिल्डिङ गर्दै ग्लोबल बिजनेस कलेजसंग १० ओभरको खेलमा ८४ रनको लक्ष्य पाएको थियो ।
८४ रनको लक्ष्य पछ्याउँदै ऐन आई कलेजले १० ओभरमा ५७ रन जोड्दै २६ रनले पराजीत भएको छ । पहिलो खेल सकेसंगै फेरि दोश्रो खेलमा सुरु हुँदैछ । दोश्रो खेलमा वीरगन्ज कलेज र सेन्जिभियस कलेज बीच १४ ओभरको खेल हुँदैछ ।