पर्सा । नेशनल इन्फोटेक कलेज वीरगन्जद्वारा आयोजित ऐन आई कप ८१ को उद्घाटन खेलमै आयोजक टिम ऐन आई कलेजविरुद्ध ग्लोबल बिजनेस कलेजले सजिलै जीत हासिल गरेको छ ।
आज शनिबार वीरगन्ज स्थित नारायणी स्टेडियम सुरु भएको खेलमा आयोजक टिम ऐन आई कलेजले टच जितेर फिल्डिङ गर्दै ग्लोबल बिजनेस कलेजसंग १० ओभरको खेलमा ८४ रनको लक्ष्य पाएको थियो ।
८४ रनको लक्ष्य पछ्याउँदै ऐन आई कलेजले १० ओभरमा ५७ रन जोड्दै २६ रनले पराजीत भएको छ ।
खेलमा ग्लोबल बिजनेस कलेजका मैन अफ दि म्याच करणबहादुर विश्वकर्मालाई नेकपा एमालेका भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य एवं नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य मोहमद निजामले मैचको ट्रफी दिँदै आउँदो दिनमा अझै राम्रो खेल खेल्न सुझाव दिएका थिए ।
पहिलो खेल सकेसंगै फेरि दोश्रो खेलमा सुरु हुँदैछ । दोश्रो खेलमा वीरगन्ज कलेज र सेन्जिभियस कलेज बीच १४ ओभरको खेल हुँदैछ ।