वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । गाँजासहित एक ट्रक चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले बरामद गरेको गाँजाको परिमाण र पक्राउ परेको व्यक्तिको नाम भने केही बेरमा सार्बजनिक गर्ने जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।
उनले यात्रा डेलीसँग कुराकानी गर्दै गाँजा बरामद भएको सूचना सत्य भएको बताउँदै आधिकारीक रुपमा पुष्ठि गरेर मात्रै जानकारी गराउने बताए । पछि सच्याउनु भन्दा पहिलै सबै कुराको भेरिफिकेसन गरेर जानकारी गराउँदा राम्रो हुने उनले बताए ।
स्रोतकाअनुसार भारततर्फ लैजान लागेको अवस्थामा वीरगञ्ज महानगरपालिका क्षेत्रबाट करिब १९५ किलो गाँजा बरामद गरिएको हो ।