पर्सा , साउन ९


पर्सा जिल्लाको पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवको अनियमिता तथा भ्रष्टाचारमा साथ नदिएका कारण लेखा अधिकृत रामकुमार कुशवाहलाई रातारात सरुवा गराइएको छ ।आर्थिक बर्षको अन्त्य हुने र भुक्तानी बढी हुने भएकोले फर्जी कामको चेक बनाउन नमाने पछि उनलाई त्यहाँबाट मन्त्रालयमा सरुवा गरिएको छ। निमित प्रमुख प्रशासकीय अधिकृत यादव जिल्ला विकास समितिका कर्मचारी हुन र उनी निकै बद्नाम तथा अख्तियारमा पनि परेका हुन।नगरपालिकाका मेयर यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत यादव नातेदार हुन्।मेयर यादव र अधिकृत यादवको मिलेमतोमा खुलेआम अनियमितता भइरहेको कर्मचारीहरुको आरोप छ।बारा जिल्लाको जिल्ला विकास समितिको कर्मचारी हुन् उनी । उनी कुन आधारमा त्यहाँ आए र निमित्त हाकिम बने त्यो कसैलाई थाहा छैन। जबकी त्यहाँ उनीभन्दा दुई जना सिनियर कर्मचारी रहेका थिए।कसैलाई निमित्तको जिम्मेवारी नदिँई जुनियर कर्मचारीलाई निमित्त हाकिम बनाएसँगै त्यहाँ एक पछि अर्काे अनियमितातको उजागर भएको छ।त्यहाँका प्रमुख प्रशासकीय अधिकृतलाई लखेटेर आफ्ना नातेदारलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाई भ्रष्टाचार गर्न लागेको त्यहाँका कर्मचारीहरुले बताएका छन्।निमित्त प्रशासकीय यादवले आफ्नै फर्म खोलेर सोही फर्ममार्फत ठेक्का पट्टा,कोटेसनदेखि नगरपालिकाका लागि आवश्यक सामाग्री सप्लाईसम्मको काम आफैं गर्दै आएका छन् । नगरपालिकाका मेयरले नीति तथा कार्यक्रम बाचन गरे वापत ५ लाखको भुक्तानी लिए,जस्लाई महालेखाले अनियमितता भनेको छ।मेयर र निमित्त कार्यकारीको भ्रष्टचार बढेपछि उपप्रमुख अर्चना चौधरीले पत्रकार सम्मेलन गरेरै अनियमितताको भण्डाभोर गरेकी थिईन् । नगर सभामा पेश गरिने नीति, कार्यक्रम तथा बजेट, विधेयक, नियमावली र निर्देशिकाहरु कार्यपालिका बैठकबाट पास गर्नुपर्नेमा त्यसो नगरिएको कारण देखाउँदै उपप्रमुखले आपत्ति जनाउँदै आएकी थिइन्। नगरपालिकाकाले यस्तै ४५ जना जेष्ट नागरिकलाई प्रति ब्यक्ति १ सय रुपैयांको फलफूल बितरणमा ४५ सयको बिल बन्नुपर्नेमा ५ लाख रुपैयाँको बिल पेश गरियो।कोटेशन नै गुपचुप राखि बारा जिल्लाको. फर्मसँग मिलिभगत गरि बिउ बिजन, आर्गनिक मल खरिद बितरण, धारा, मोटर, होमपाइप, बिद्यालय फर्निचर, लगायतका प्रति शिर्षकमा २०/२० लाख रुपैयाँ छुट्याइयो।क्वारेन्टाइनको झण्डै १० लाखको फर्जी बिल पेश भएको छ। यस्तै सामुदायिक विद्यालयमा २० लाखको सफ्टवेयर जडान नै नभई भुक्तानीका लागि बिल पेश भएको छ। यस्तै घटना दर्ताका नाममा १२ लाखको बिल पेश भएको छ । जबकी घटना दर्ता शिविर सञ्चालन नै भएको छैन् । कार्यक्रम नै नभईकन भुक्तानी दिन नसक्ने अडान लिएका लेखा अधिकृतको सरुवा गराइएको छ ।यस्तै हुँदै नभएको आँखा शिविरको अनुगन मेयरले गरेको भन्दै १० हजार भत्ताको कागजात पनि पेश भएको छ। यस्तै धारा खरिदको ३० लाखको बिल पेश भएको छ,जुन फर्जी छ ।यसरी फर्जी बिलमात्र १ करोडभन्दा बढीको पेश भएको छ ।यस्ता अनेकन अनियमित कर्ममा लेखा अधिकृतलाई साथ लिन खोजियो तर लेखा अधिकृत कुशवाहले गैरकानुनी भुक्तानी दिन नसकिने अडान लिएका थिए । फर्जीकामको भुक्तानी गर्न लेखा अधिकृतले इन्कार गर्दा रातारात सरुवाको पत्र काटिएको छ।ती भुक्तानी दिन आनाकानी गरेपछि रातारात निमित्त प्रशासकीय अधिकृत यादवले साउन २ गते सरुवा गराइएको पत्र थमाएका छ ।उनी न्याय खोज्दै अहिले सिंहदरबार आइपुगेका छन् ।सुशासनको पक्षमा उभिएका र जनप्रतिनिधि र निमित्त हाकिमका कारण अन्याय भुक्तमान गरी न्याय खोज्दै संघीय सामान्य प्रशासनमा न्याय खोज्दै आएका उनीमाथि सामान्यले झनै ज्यादती गरेको छ । निमित्त हाकिम र जनप्रतिनिधिसँगको मिलेमतोमा सामान्य प्रशासनले उनको सरुवा दरबन्दी नै नभएको स्थानमा गरेको छ।उनको सरुवा जिल्ला समन्वय समिति पर्सामा भइसकेको छ। जबकी त्यहाँ लेखा अधिकृत सातौंको दरबन्दी नै छैन् । सामान्यको बदमासीका कारण उनी थप अन्यायमा परेका छन्।नगरपलिकाको भ्रष्टाचार बढ्दै गएपछि नगरवासीहरुद्वारा सूचना मांग गर्न निवेदन पनि दिदाँ अहिले सम्म सूचना उपलब्ध गराइएको छैन।निमित प्रमुख प्रशासकीय अधिकृत यादवले सूचना दिन विभिन्न बहानामा आलटाल गर्दै आएका छन्।