बिरगंज । श्रमजीवि पत्रकारसंघ पर्साको जिल्ला कार्य समिति गठन गरिएको छ । वीरगंजका सक्रिय पत्रकार आर के पटेलको अध्यक्षतामा श्रमजिवी पत्रकार संघ पर्साको जिल्ला कार्यसमिति गठन गरिएको हो ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाकक्षमा आइतबार खानेपानी मन्त्री प्रदीप यादवको प्रमुख आतिथ्यतामा श्रमजिवी पत्रकार संघ पर्सा शाखाको जिल्ला कार्यसमिति घोषणा गरिएको हो । संघको उपाध्यक्षमा प्रणय साह ,महिला उपाध्यक्षमा विमला गुप्ता, सचिवमा नितेश कर्ण, कोषाध्यक्ष दीपक कुहवाहा र सहसचिवमा अर्जुन गुप्ता र विशाल यादव रहेका छन् ।यस्तै सदस्यहरुमा जाकिर हुसेन,राज सर्राफ, पुनम चौधरी,सुमेश्वर साह,राजकुमारी गुप्ता,राजु बैठा,विनोद यादव र विशाल पटेल रहेका छन् ।
कार्यक्रममा बोल्दै खानेपानी मन्त्री यादवले श्रमजिवी पत्रकारहरुको हकहितका लागि स्थापना भएको श्रमजिवी पत्रकार संघलाई श्रमजिवीकै हकहित र पक्षमा काम गर्न सुझाव दिए ।
मन्त्री यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा,पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल , समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य मनोज पटेल,नेपाल प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहान,पत्रकार महासंघ पर्साका सदस्य अजित भुजेल लगायतकाकोपनि सहभागीता थियो ।