पर्सा , साउन ९
स्वः बिन्दु देवी पाण्डे पुरस्कारबाट रेडियो वीरगंजकी समाचार वाचीका अनिता कुँवर सम्मानित भएकी छन् । कार्यक्रमका प्रमुख अतिथी प्रदेश २ का ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री ओमप्रकाश शर्माले रु १५ हजार राशिको सो पुरस्कार कुँवरलाई प्रदान गरेका थिए ।पुरस्कार वितरण कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री शर्माले महिला पत्रकारको हितको लागि कुनै कसर बाँकी नराख्ने गरी लागि पर्ने बताए ।वीरगंज लिंक राेडस्थित हाेटल कुमु प्यालेसमा भएकाे कार्यक्रमको सञ्चालन माधुरी महतोले गरेकी थिइन । बिन्दुदेवी प्रतिष्ठानका अध्यक्ष तुलसी भण्डारी अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव दीपेन्द्र चौहान, केन्द्रिय सदस्य केसी लामिछाने, प्रदेश नं २ का सचिव श्याम बन्जारा, बीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, भोजपुरी प्रतिष्ठानका अध्यक्ष उमाशङ्कर द्धिबेदी लगायतले आ—आफ्नो धारणा राखेका थिए ।