वीरगञ्ज । २४ औ सशस्त्र प्रहरी दिवस २०८१ को अवसरमा देश भरी विभिन्न कार्यक्रम गरी मनाईएको छ भने नेपाल नं. १३ गण हेक्वाटर पर्साको आयोजनामा पनी रक्तदान कार्यक्रम आयोजना गरिएको छ।उक्त रक्तदान कार्यक्रममा प्रमुख अतिथी बिरगंज नेपाल नं. १३ गण हेक्वाटए पर्साको गणपति सशस्त्र प्रहरीउपरीक्षक राधेश्याम धिमालको प्रमुख आतित्थ्यमा सम्पन्न भएको छ।
सो आयोजित रक्तदान कार्यक्रममा १ महिला सहित ५७ जनाले आफ्नो अमुल्य रक्तदान गरेका छन। सो रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी बिरगंज रेश्मकोठी उपशाखाका युवा सन्योजक अभिलाष गुप्ताले जानकारी गराएका थिए। रक्तदानको महत्वका बारेमारक्तदान गर्न सबैलाई आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा अनिल यादव,सन्जय तामाङ,रोशन थापा,केदार तिमल्सिना,शागर कुमार यादव,अजय प्रसाद यादव,दिगम्बर पाण्डित,राजु पटेल,कमल केसी लगायतकाले रक्तदान गरेका हुन ।
नेपाल रक्तसंचार केन्द्र वीरगंजमा दिन प्रति दिन रगतको अभाव देखिएका कारण रगतको आपुर्तीलाई मध्यनजर गर्दै सो रक्तदान कार्यक्रमको आयोजना गरिएको हो।
सो रक्तदान कार्यक्रम रक्तसञ्चार केन्द्र वीरगंजका जितेन्द्र कुशवाहाको प्राविधिक सहयोगले सम्पन्न भएको थियोे ।