वीरगन्ज । २४ औँ सशस्त्र प्रहरी बल दिवसको अवसरमा पर्सा प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल सहित मधेस प्रदेशबाट तीन जना नेपाल प्रहरीका अधिकारी सम्मानित हुने भएका छन् ।
मधेस प्रदेशका नेपाल प्रहरीका डिआईजी र दुइजना एसपीलाई सशस्त्र प्रहरी बल मुख्यालय काठमाण्डौँले आज मंगलबार सम्मानित गर्दैछ । डिआईजी लालमणी आचार्यसहित पर्सा र सर्लाहीका रबिन्द्र बहादुर सिंह एसपीद्वयलाई सम्मान गर्ने कार्यक्रम तय भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
उनीहरुलाई कदर पत्रले सम्मानित गर्न लागिएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
मधेसमा सशस्त्र प्रहरी बलको काम कर्तव्यमा सहयोग पुर्याएवापत तीनै जनालाइ सम्मानित गर्न लागिएको बताईएको छ । तीनै जना प्रहरी अधिकारीहरुलाई सशस्त्र प्रहरी बल मुख्यालय हलचोकमा आयोजना हुने कार्यक्रममा सम्मानित गरिने छ ।