वीरगञ्ज । २४ औँ सशस्त्र प्रहरी दिवस २०८१ को अवसरमा देश भरी विभिन्न कार्यक्रम हुदै छ सो कर्ममा सशस्त्र प्रहरी बल नेपाल नं. ४० रिजर्भ गण हेक्वाटर बारा पिलुवाको आयोजनामा पनी रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त रक्तदान कार्यक्रममा प्रमुख अतिथी सशस्त्र प्रहरी बल नेपाल नं. ४० रिजर्भ गण हेक्वाटर बारा पिलुवाका प्रमुखको आतित्थ्यमा सम्पन्न भएको छ।
सो आयोजित रक्तदान कार्यक्रममा २ महिला सहित २३ जनाले आफ्नो अमुल्य रक्तदान गरेका छन। सो रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी बिरगंज रेश्मकोठी उपशाखाका युवा सन्योजक अभिलाष गुप्ताले जानकारी गराएका थिए। कार्यक्रममा डअम्बर बहादुर केसि,सुजित राय,बिपना बारामु,निरज वागले,जोगिन्दर राम,दिलिप लामा,सुमन मगर लगायतकाले रक्तदान गरेका हुन ।
नेपाल रक्तसंचार केन्द्र वीरगंजमा दिन प्रति दिन रगतको अभाव देखिएका कारण रगतको आपुर्तीलाई मध्यनजर गर्दै सो रक्तदान कार्यक्रमको आयोजना गरिएको हो।
सो रक्तदान कार्यक्रम रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डे, जितेन्द्र कुशवाहाको प्राविधिक सहयोगले सम्पन्न भएको थियोे ।