पर्सा । मकवानपुरको मनहरी ८ बाट अवैध लागुऔषध गाँजासहित बोलेरो गाडी र १ जना मानिसलाई प्रहरीले पक्राउ गरेको छ । बिशेष शुचनाको आधारमा खटिएको प्रहरी टोलीले पुर्वपश्चिम लोकमार्गमा राक्सीराङ चैनपुरतर्फबाट हेर्टाडा तर्फ गइरहेको बा . प्र. ००६-० ०१ च ००६२ नम्बरको बोलेरो रोकेर चेकजाँच गर्दा ८१ किलोग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
गाँजा सँगै बोलेरोका चालक मकवानपुर कैलाश गाउँपालिका वडा नं ४ का २२ बर्षिय छेटुप थिङलाई पक्राऊ गरिएको हो । गाँजासहित मानिस र बोलेरोलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।