बिरगंज । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहको घर बलरामा रहेको श्री राम सखी मोहित माध्यमिक बिधालयमा पठनपाठन बन्द भएको छ। बिधालय व्यवस्थापन समिति बिहिन सो बिधालयमा प्रधानाध्यापक र शिक्षक शिक्षिकाको मनोमानीका कारण पठनपाठन लथालिङ्ग भएको हुँदा बिधालयमा बिधार्थीहरुले ताला लगाएपछि पठनपाठन अवरुद्ध बनेको छ।
बिधालय व्यवस्थापन समिति चयनका लागि पटक/पटक अभिभावक भेला बोलाई बैठक बसेपनी राजिनितिक कुटनैतिक र पुस्तैनी दबदबाका कारण बिधालय व्यवस्थापन समिति बिहिन बन्दा “भौतिक पूर्वाधारदेखि बजेट निर्माण र परिचालन गर्न निकै कठिन भएको छ ।
राजनीतिक घिसातानीका कारण समिति बन्नै न सक्ने अवस्था सिर्जना हुँदा नगरपालिका शिक्षा समितिले ०८१ पौष २८ गते सुनिल कुमार सिंहको अध्यक्षतामा अस्थायी बिधालय व्यवस्थापन समिति गठ्न गर्यो । तर बिधालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष देवेन्द्र सिंहले बिद्यार्थीलाई उचालेर बिधालयमा ताला लगाएर हाजिर हुन नदिने मनशायको षडयन्त्र गरि आफ्नो निजि स्वार्थका लागि बिद्यार्थीहरुको भबिस्य सङ्ग खेलवाड गरेको स्थानीय सुमोद यादवले बताएका हुन । यादवका अनुसार सो बिधालयमा देवेन्द्र सिंह र कमलेश सिंहले पालोपाली अध्यक्ष बनी करोडौं भ्रष्टाचार गरेको आरोप समेत लगाएका हुन। भ्रष्टाचार लुकाउन आफुलाई कुनै पनि हालतमा व्यवस्थापन समितिको अध्यक्ष बन्न दिएको सुनिल कुमार सिंहको भनाई छ। देवेन्द्र सिंहले कहिल्यै अभिभावक भेला बहिष्कार गर्ने त कहिल्यै घर घरमा गई अभिभावक थर्काउने कार्य गर्दै आएको उनले बताए।
नगर प्रमुख रामा शंकर कुश्वाहाले भने, चारवटा बैठक र तीनवटा अभिभावक भेला राख्दा पनि समिति गठन हुन सकेन।”करिब एक हजार तिन सय विद्यार्थी अध्ययनरत सो विद्यालयमा न नयाँ कर्मचारी भर्ती गर्न पाइएको छ न ६० वर्ष नाघेकालाई हटाउन सकिएको छ, त्यसैले नगर शिक्षा समितिबाट त्यहाँका वडा अध्यक्ष मनिभुषण सिंहको सकृयतामा अस्थायी समिति गठन गरि पठाईएको छ। त्यसमा पनि बिधालयको निकास र बिकासका बाधकहरुको षडयन्त्र रोकिएको छैन । हाललाई बिधालयमा लगाईएको ताला खोलान आफू लागिपरेको छु , उनले भने।
देवेन्द्र सिंह स्वतन्त्र सांसद अमरेश सिंहका काकाका छोरा हुन। देवेन्द्र सिंहलाई सर्वसम्मत बिधालय व्यवस्थापन समितिको अध्यक्ष बनाउने सांसद सिंहको पनि दाव छ।बिधालयका अधिकांश अभिभावकलाई सुनिल कुमार सिंह रुचाउँछन् । तर सुनिल आए विगतमा भएको करोडौं भ्रष्टाचारको पोल खोल्ने डरले वहाँलाई कुनै पनि हालतमा अध्यक्ष बन्न नदिने बिधालयका एक शिक्षकले बताएका हुन ।