पर्सा , साउन १२
पढाईमा अब्बल हुँदाहुँदै पनि परिवारको आर्थिक अवस्थाका कारण कतिपय छात्राहरुले आफ्नो अध्ययनलाई बीचमा नै छोड्नु पर्ने बाध्यता अहिले पनि धेरै समुदायमा देखिने गरेको छ । हुन त विद्यालयहरुमा पनि छात्रावृत्तिको कार्यक्रमहरु रहेका हुन्छन तर उच्च शिक्षाको लागि त्यस्ता छात्रावृत्ति पाउने दलित, गरीव तथा लक्षित समुदायका बालबालिका निकै कम रहेका देखिन्छन् ।
दिव्य यूवा क्लव पर्साले पटेर्वा सुगौली गाउँपालीका वडा न. ४ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सुगौली दा.प.मा आज एक कार्यक्रमका बीच पटेर्वा सुगौली गाउँपालीकामा एक्सन एड नेपाल तथा दिब्य युवा क्लब पर्साकोे साझेदारीमा संचालन गरिरहेको स्थानीय अधिकार कार्यक्र अन्तरगत दलित,गरीव तथा जेहेन्दार छात्राहरुलाई छात्रावृत्ति वितरण गरेको छ ।
दलित समुदायलाई केन्द्रीत गरी वितरण गरिएको सो छात्रावृत्तिमा हरेक वडाका ४÷४ जना गरी २० जनालाई रु.१०००० का दरले छात्रावृत्ति प्रदान गरिएको छ । सो छात्रावृत्ति सहयोगको लागि छात्राहरुको छनौटको लागि सूचना प्रकाशन गरि ७६ वटा निबेदन दर्ता भएको थियो । त्यस मध्ये दलित १२ जना र अन्य गरीव ८ जनालाई एस.ई. इ. को अंकको आधार, सम्बन्धित वडाको सिफारिस तथा अध्यनरत विद्यालयको सिफारिसको आधारमा छनौट गरिएको थियो ।
सो छात्रावृत्ति वितरण गर्नुको उद्देश्य भनेको स्थानीय गरीव, दलित समुदायबाट आफ्नो अध्ययनलाई निरन्तरता दिने ईच्छा भएका जेहेन्दार विद्याथीहरुलाई अध्ययनमा बाधा नपुगोस् र उनीहरुले शैक्षिक रुपमा सक्षम भई परिवारको आर्थिक समस्यामा सहयोग गर्न सकुन् भन्ने नै हो । यस्ता कार्यक्रमहरुले अन्य विपन्न तथा दलित छात्राहरुलाई हौसला समेत प्रदान गर्ने विश्वास रहेको दिव्य यूवा क्लव काकार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मी बताउनु हुन्छ ।
सो छात्रावृत्ति वितरण कार्यक्रममा पटेर्वा सुगौली गाउँपालिकाका शिक्षा शाखा प्रमुख श्री शम्भु प्रसाद साह, दिब्य युवा क्लब पर्साका कार्यकारी निर्देशक श्री रामाकान्त प्रसाद कुर्मी, सुनिल कुमार भारती तथा छात्राहरुको अभिभावक गरि ५० जनाको उपस्थिति रहेको थियो ।