बिन्दबासिनी । पर्साको बिन्दबासिनी गाउँपालिकाको वडा नं ३ स्थित झौवामा रहेको माध्यमिक विद्यालयमा अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता २०८१ हिजो शुक्रबार देखि सुरु भएको छ ।
गाउँपालिका अध्यक्ष प्रमोद तिवारी निर्वाचित भएको २०७९ साल देखि निरन्तर रुपमा आयोजना हुँदै आएको अन्तर विद्यालय प्रतियोगितामा गाउँपालिका अन्तर्गतका ४ माध्यमिक १ नीमाध्यमिक र १० प्राथमिक विद्यालयहरुले भाग लिएका छन् ।
झौवा माध्यमिक विद्यालयका प्रधानध्यापक रामचन्द्र महतोको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले खेलकुद प्रतियोगिताले क्षमतावान, सक्षम र प्रतिभावान खेलाडीहरु तयार गर्ने विश्वास व्यक्त गर्नुभयो । हरेक वर्ष आयोजना हुने प्रतियोगिताले विद्यालय तहबाटै अन्तर विद्यालय खेलले खेलको विकास र खेलाडी उत्पादनमा सहयोग पुगेको बताउनुभयो ।
अन्तर बिद्यालय खेलबाट खेलाडी उत्पादन गर्नको लागि बिन्दबासिनी गाउँपालिका निरन्तर रुपमा अन्तर बिद्यालय खेलको प्रतियोगिताको आयोजना गर्दै आईरहेको गाउँपालिका अध्यक्ष तिवारीले बताए ।
कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष अक्षेलाल महत्तो , शिक्षा समन्वय इकाई पर्सा प्रमुख मोती प्रसाद भट्टराई , शिक्षा शाखा प्रमुख कपिल लामिछाने , लगायतले शुभकामना दिँदै प्रतियोगिता खेलाडीहरुको लागि महान उत्सव भएको तथा यसले बिन्दबासिनी गाउँपालिकालाई खेल पर्यटनको गन्तव्यका रुपमा स्थापित गर्न योगदान गर्नेमा जोड दिनु भएका थिए ।
बिन्दबासिनी गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा सुरु भएको खेलमा गाउँपालिका अन्तर्गत भरिका १५ वटा विद्यालयहरुले भाग लिएका छन् । हिजो शुक्रबार देखि सुरु भएको प्रतियोगिता ४ दिन सम्म निरन्तर चल्ने र अन्तिम दिन यसको विजेता घोषित गरिने शिक्षक मुकलेश गदिले बताए ।
प्रतियोगितामा ज्याप्लिङ, स्टफुट, लङ जम्प , ब्याडमिन्टर , मुजिकल चेयर , सिपकिङ , भलिबल , दौड , मैथ मेटिकाल गैम र बिस्कुट गैम जस्ता खेलहरु खेलाईने शिक्षा शाखा प्रमुख लामिछानेले बताए । त्यस्तै विजेता , उपविजेता र उत्कृष्ठ खेलाडी र सर्वाधिकलाई ट्रफि र प्रमाणपत्र प्रदान गरिनेछ ।