बारा , साउन १३
बारा प्रहरीले लागू औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ।आज बिहान अन्दाजी ०७.३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय बारा मातहत अस्थायी प्रहरी पोष्ट रतनपुर बाराबाट खटिएको प्रहरी टोलीले बारा निजगढ नगरपालिका वडा नं. १२ रामथली टोल बस्ने ६२ वर्षका शेर बहादुर जिम्बालाई पक्राउ गरेको छ।गस्ती गर्दै जाने क्रममा बारा जिल्लाको निजगढ नगरपालिका वडा नं.११ रतनपुर तामागढी सडक खण्ड स्थित जंगलमा पिठ्युमा बोकेको कालो रङ्गको झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा प्रतिवन्धित अवैध लागू औषध गाँजा ५ (पाँच) किलो सहित पक्राउ गरिएको छ।लागू औषध मुद्दामा बारा जिल्ला अदालतबाट म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।