वीरगंज,कार्तिक १५
२६ औं राष्ट्रिय कण्डम दिवस वीरगंजमा पनि मनाइएको छ । नेपाल रेडक्रस सोसाइटी पर्साको आयोजना र बिद्यार्थी जागरण मन्च, आराधना समाज, सहयात्री समाज, निता फाउण्डेसन, बारा प्लस र वीरगंज महानगरपालिका तथा स्वास्थ्य कार्यालयको सहकार्यमा घण्टाघरमा कार्यक्रम भएको थियो । ब्यानर र विभिन्न नारा लेखिएको प्लेकार्ड सहित घण्टाघरमा स्वास्थ्य र सुरक्षा मापदण्ड अपनाएर कार्यक्रम गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी पर्साका कार्यालय प्रमुख उदयराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा आराधना समाजका अवधेस साह र वीरगंज महानगर स्वास्थ्य महाशाखाका स्वास्थ निरिक्षक सुमनचन्द्र ठाकुरले मनतव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण बिजामका निरज साहले गरेका थिए ।