पर्सा , साउन १६
पर्सा जिल्लाको पटेर्वासुगौली गाँउपालिका वडा नम्बर- २ थरकटी नजिकबाट ३ थान सालको गोलिया र ३ थान साइकल सहित हिजो बेलुका राति अन्दाजी ११:३० प्रहरी टाेलिले नियन्त्रणमा लिएको छ।जङ्गलबाट चोरी गरि साइकलमा सालको गोलिया काठ तस्करहरुले ल्याउदै गरेको अवस्थामा प्रहरी चौकी रंगपुरबाट प्रहरी सहायक निरीक्षक रामबाबु प्रसाद यादवको कमान्डमा खटेकाे गस्ती टाेलिले ३ थान सालको गुलिया सहित ३ वटा साइकल बरामद गरेको छ । काठ तस्करहरुले प्रहरी गस्ती टाेलिलाई देखेपछि काठ साइकल छाडि भागेका थिए। काठ र साइकल नियंत्रणमा लिई आवस्यक कार्वाहीको लागि प्रहरी चौकी रंगपुरमा राखिएकाे प्र स नि यादवले बताएका हुन ।कोरोना भाइरसका कारण लागेकाे लक डाउनको मौका छोपि काठ तस्करहरु पुन काठ तस्करीमा सक्रिय भएका छन ।अहिले दिनहु बनकर्मीहरुको मिलो मतोमा काठ तस्करी भईरहेको स्थानीयहरु बताउँछन् ।