पर्सा । क्रियाशील युवा पत्रकार मंच नेपाल द्वारा नेपाल पत्रकार महासंघका केन्द्र, प्रदेश तथा जिल्लाका पदाधिकारी एवम् सदस्यहरुलाई स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
प्रमुख अतिथी वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल पटवारी अग्रवालको आतिथ्यमा एक कार्यकम बिच सम्मान ग़रीएको हो।
क्रियाशील युवा पत्रकार मंच नेपालका अध्यक्ष प्रणय कुमार साहको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम, पूर्व अध्यक्ष सुबोध गुप्ता, नारायणी अस्पतालका फिजिसियन डा. निरज सिंह, डा. मञ्जु श्रेष्ठ लगायतले नवनिर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई टिका लगाई, गम्छा तथा कदर पत्र प्रदान गर्दै सम्मानित गरेका थिए ।