रौतहट , साउन १६
रौतहट जिल्लामा रहेको श्री जुद्ध उच्च माध्यमिक बिधालयले विभिन्न बाहानामा बिधार्थीहरु संग रकम उसुल्दै गरेको कुरा बाहिर आएको छ। समुदायिक बिधालयमा बिधार्थी भर्ना देखि पठनपाठन सरकार पछ बाटै निशुल्क रहे पनि प्रधानाध्यापक चन्देश्वर राउतले विभिन्न बहाना बनाई बिधार्थी तथा अभिभावक संग रकम असुलेको एक बिधार्थीले जनाएका छन। कोभिड १९ सुरु भए संगै सम्पुर्ण बिधालयका पठनपाठन बन्द रहे पनि समुदायिक बिधालयले मासिक रकम असुल गरेको बिधार्थीले जनाएका छन।

सुमुदायिक बिधालयमा शुल्क के को भन्दै अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा मुद्दा दायर रहे पनि कानुनलाई धज्जी उठाउँदै प्रधानाध्यापक राउतको निर्देशनमा बिधार्थी संग विभिन्न बहानामा चर्को रकम असुली गर्दै गरेको एक पिडित अभिभावकले बताएका छन्। सो बिधालयमा अंग्रेजी मेडियम संचालन गरी शिक्षक तथा तत्कालीन ब्यवस्थापन समितिले कमाउने खाने रोजगार बनाई गैरकानुनी ढंगले रकम असुल गर्दै गरेको एक पिडित बिधार्थीले बताएका छन्। सो समुदायिक बिधालयमा केही बिधार्थीको गत बर्षकै रकम बक्यौता रहदा बक्यौता रकम ल्याए मात्र शिक्षकले किताब दिने एक बिधार्थीले जनाए।

समुदायिक बिधालयले गैरकानुनी ढंगले बिधार्थीहरु संग रकम असुलेको भन्दै गत बर्ष चर्को आन्दोलन भएको थियो। आन्दोलन पश्चात् गौर नगरपालिकाको नगर प्रमुख अजय गुप्ताले पत्रचार गर्दै भने शिक्षा नियमावली अन्तर्गत सबै समुदायिक बिधालयले कक्षा बालबिकास देखि माध्यमिक सम्म बिधार्थीहरु संग कुनै बहानामा कुनै प्रकारको शुल्क नलिन र शुल्क लिए कडा भन्दा कडा कार्वाही गर्न भनेको थियो । तर पत्रचारको १ बर्ष नबित्दै प्रधानाध्यापक राउतले बिधार्थीहरु संग विभिन्न बहानामा शुल्क लिने कार्य सुरु गरेका छन्।

नगरपालिकाको पत्रको धज्जी उडाउँदै प्रधानाध्यापक राउतले समुदायिक बिधालयमा गैरकानुनी ढंगले रकम असुलेको भन्दै पिडित बिधार्थीले प्र.अ राउतलाई तुरुन्तै कार्वाही गर्न सम्बन्धित निकाय संग माग गरेका छन्।भने बिधालयले गैरकानुनी ढंगले रकम असुलेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन जिल्ला समितिका संयोजक बिजय साहले बिज्ञप्ती निकाल्दै दलाली गर्ने,गुन्डागर्दी गर्ने शैक्षिक संस्थालाई मागी खाने भाडो बनाएको भन्दै त्यसता कार्य गर्नेलाई सम्बन्धित निकायले तुरुन्तै कार्वाही गर्न चेतावनीसमेत दिएको र कार्वाही नथाले यस बिरुद्ध कडा प्रतिकारमा उत्रिने युनियनका जिल्ला संयोजक साहले बताए।
