बीरगंज । सरस्वती पुजाको अवसर पारेर अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ठाकुरराम बहुमुखी क्याम्पसका विद्यार्थीहरुले शनिबार वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा वृहत सरसफाई कार्यक्रम सम्पन्न गरेका छन ।
यही माघ २१ गते हुने विद्याकी देवी माता सरस्वती पुजाको दिन नजिकिँदै जाँदा ठाकुरराम बहुमुखी क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन इकाई समितिद्वारा वृहत सरसफाई गरिएको हो । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन इकाई समितिका अध्यक्ष बिद्यार्थी नेता अरमान हासमीको अध्यक्षतामा सरसफाइ कार्यक्रम संचालन गरिएको थियो भने कार्यक्रमका प्रमुख अथिति जिल्ला सचिव पनव यादव रहेका थिए ।
कार्यक्रममा विद्यार्थी नेता सोनी सराफ , अक्षेलाल कुशवाहा , सञ्जय यादव , शिव शम्भु यादव , आकाश दास , रविकान्त दुबे , अमित यादव , प्रेम श्रीवास्तव , अमन अन्सारी , प्रदीप ठाकुर , अमित कुमार , राजन सहनी , विकास कुमार , रोहित पटेल सहभागी थिए ।

