वीरगंज । पत्रकार संजीव मिश्रलाई मातृ शोक परेको छ । नेपाल पत्रकार महासंघ पर्सा शाखा कोषाध्यक्ष एवं ज्योती दैनिक अनलाइनका सञ्चालक संजीव मिश्रलाई मातृ शोक परेको हो ।
पर्सा शाखा कोषाध्यक्ष एवं ज्योती दैनिकका सञ्चालक मिश्रको आमा ६० बर्षिय कृष्णावति देवीको निधन भएकाे छ ।
मिश्रकी आमाको कृष्नावती देवीको पर्साको पोखरीया नगरपालिका बैरिया विर्तास्थित निवासमा आज शनिबार साँझ हृदयघातका कारण निधन भएको हो । उनका दुईजना छन् ।
उनकाे आईतबार बिहान ८ बजे बैरिया विर्तास्थित आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।