पर्सा । सखुवाप्रसौनी गाउँपालिकाको वडा नं. २ र वडा नं. ४ मा दुईवटा भाले चितल फेला परेका छन्। वडा नं. २ प्रसौनी टोलमा एक चितल भेटिएको थियो, वडा २ अध्यक्ष चिरञ्जीवी महतो थारुको रोहबरमा सब डिभिजन बन कार्यालय रङ्गपुरका फरेस्टर पुरुषोत्तम पटेल र जमदार अर्जुन चौधरीलाई बुझाइएको छ।
त्यसैगरी, अर्को भाले चितल वडा नं. ४ देउरबान टोलमा फेला परेको छ। स्थानीयवासी र वन कार्यालयको सक्रियतामा दुवै चितललाई सुरक्षित रूपमा सम्बन्धित निकायलाई हस्तान्तरण गरिएको छ।
वन्यजन्तु संरक्षणका दृष्टिले यो घटना महत्वपूर्ण मानिँदै वन कार्यालयले चितलको प्राकृतिक वासस्थानमा सुरक्षाको आवश्यकता रहेको बताएको छ।