पर्सा , साउन १८
सशस्त्र प्रहरी टोलीले भारतबाट अवैध रुपमा ल्याउदै गरेको ४ वटा भैसी नियन्त्रणमा लिएको छ l सशस्त्र प्रहरीका सुरक्षा बेश क्याम्प पोखरियाबाट सशस्त्र प्रहरी निरीक्षक बिरेन्द्र कुमार सेनको कमाण्डमा खटिएका मोबाईल टोलीले भैंसी पक्राउ गरेको छ ।पर्साको पोखरिया नगरपालिका वार्ड नः ७ रानिगंजबाट आज बिहान सोमबार १०:०० बजेको समयमा उक्त भैंसी पक्राउ गरेको छ l सशस्त्र प्रहरीहरूलाई देख्न साथ तस्करहरुले भैंसी छोडी फरार भएको थिए । उक्त भैसीलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि बिरगंज कर्यालयमा पठाइएको सुरक्षा बेश क्याम्प पोखरियाका इन्चार्ज सप्रनि सेनले जनकारी दिए l
