रौतहट, साउन १८
रौतहट जिल्लाको माधवनारायण नगरपालिका वडा नं ४ मा दुई पक्ष बिच झडप हुँदा आइतबार दुई दर्जन व्यक्ति घाईते भएका छन् ।माधवनरायण नपाको श्री मा.बी बिसुनपुर्वाका पुर्व अध्यक्ष देवनारायण भगत माली र प्रधानाध्यापक राजेश यादबको समूह र स्थानीय माओवादी नेता एवं वडा नं ४ का वडा अध्यक्ष रामदेनि मुखियाको समूह बिच झडप भएको स्थानीयले बताएका छन् ।
दुबै समूह बिच विद्यालयमा बिधार्थी भर्नाको निहुँमा झडप भएको स्थानीयहरुको भनाइ रहेको छ।घाईते मध्ये पारस भण्डारी पक्षको उपचार रौतहट ग्राण्डी हस्पिटल गरूडा झाँझपुलमा भईरहेको छ भने वडाध्यक्ष पक्षका घाईतेहरूको उपचार अनामिका हस्पिटल गरूडामा भईरहेको प्रहरीले जनाएको छ ।
उपचारकै क्रममा मुखिया पक्षका दुई जना मानिसलाई बिरगंज तराई अस्पतालमा रेफर गरिएको अनामिका होस्पिटलले बताए भन्ने भण्डारी पक्षका मानिसलाई काठमाडौ रेफर गरिएको रौतहट ग्रणडीव अस्पतालले जानकारी गराएको हो।
उक्त झडपको समाप्ति पछि भिखारि भण्डारीको बुहारी ममता भण्डारी माथि मुखिया पक्षले कुटपिट गरेको भण्डारीले दाबि गरेका छन्। सो महिला गर्भवती अवस्थामा रहेका कारण पेटमा चोट लागदा पेट दु:खेका कारण रौतहट ग्राणडीव अस्पतालमै भर्ना भएकि छिन्। निजको पेट दुखाइमा सुधार आएको भन्दै उक्त अस्पतालका एक डाक्टरले जानकारी दिएका छन्।
तर महिलालाई केही नगरेको तर पनि हामी माथि झुठो आरोप लगाइएको तथा यो सब भण्डारी पक्षको राजनीतिक षड्यन्त्र हो भन्दै मुखिया पक्ष तथा महिलाको घर नजिकै काम गर्ने एक कामदारको भनाइ रहेको छ।
हाल महिला देखि लिएर सम्पूर्ण घाइते भएका मानिसरुको अवस्थामा धेरै सुधार आएको दुबै अस्पतालका डाक्टरले बताए ।
बिधालय अध्यक्ष देवनारायण भगतको गत महिना बैशाखमा निधन भएको थियो।अब हुने अध्यक्षको निर्वाचनमा अध्यक्षमा जित्ने मनासायले बिधालयमा राजनिति चलखेल हुन थालेको एक शिक्षकले नाम नबताउने शर्तमा बताएका छन् ।
वडाध्यक्ष रामदेनी मुखियाका छोरा रामतलेवर मुखिया सहितले अब आफ्नो पक्षबाट अध्यक्ष हुने सोच बनाएका छन् भने अर्का जसपा पक्ष मानीने स्वर्गिय अध्यक्ष मालिका नाति पारस भन्डारी सहित प्रधानाध्यापकको टोलिले आफू अनुकुल कै मान्छे अध्यक्ष हुनुपर्ने सोच बनाए पछि बिधालयमा पटक पट्क झै -झगडा हुने गरेको खुलेको छ।
आइतबार वडा अध्यक्ष मुखियाको छोरा राम तलेवर मुखिया बल जबर्जस्ती बिधार्थी भर्ना गर्न दबाब दिएपछि दुई पक्ष बिच भनाभन भइ झडप उग्ररूप लिएको थियो भन्ने प्र.अ. राजेश यादवले बताए।भित्र भएको हातपात नसकिदै दुबै पक्षबाट बास लिएर आएका समुहहरु बाहिर फिल्डमा एक अर्कालाइ प्रहार गर्न थालेपछी गाउले त्रसित बनेका थिए।
बिधार्थी भर्नाका लागि गत अषाढ महिना सम्म आहवान गरिएको थियो । अन्तिम दिन आएर सयौं बिधार्थीहरू लाई जबर्जस्ती भर्ना गर्न वडाध्यक्षका छोराले भनेका थिए ।
सो बिधालयका प्रधानाध्यापक राजेश यादवले फर्जी कागजले केही हुन्न, बिधार्थी र अभिभावक समेत लाई बोलाएमा भर्ना गरिदिने बताएका थिए । तर त्यस्तो नगरेर जबर्जस्ती बिधार्थी भर्ना गर्न दबाब दिदै प्र.अ यादव माथि हातपात गर्ने प्रयास गरेपछि दुबै पक्ष बिच झडप भएको एक स्थानीयले बताए । यस विषयमा वडाध्यक्ष मुखिया सँग सोध्दा यो सबै एउटा राजनीतिक षड्यन्त्र हो दलित जनतलाईल हेप्ने र बदनाम गर्ने प्रयास भएको मुखियाले बताएका छन् घटना बारे थप अनुसंधान भईरहेको ईलाका प्रहरी कार्यालय शिवनगरले जनाएको छ।