बिरगंज । शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठान पर्साद्वारा वीरगन्ज -१ बजार छपकैयामा शुक्रबार नि:शुल्क कम्बल वितरण गरिएको छ। प्रतिष्ठान का वरिष्ठ सल्लाहकार समाजसेवी प्रकाश कुमार उपाध्यायको प्रमुख आतिथ्यमा भएको सो कम्बल वितरण कार्यक्रममा दलित अगुवा अशोक राउत,कृष्ण प्रसाद कानु,सिमा देवि कानु,सुमित गुप्ता एवं प्रतिष्ठानका सचिव लालबाबु सिंह को सहभागिता रहेको थियो ।
जाडो मौसममा चिसोबाट प्रभावित वडावासीलाई राहत पुर्याउने उद्देश्य रहेको उपाध्यायले बताए। उनले आगामी दिनमा पनि आफ्नो क्षमता अनुसार सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने, “यो सानो प्रयासले चिसोबाट पीडित वडावासीलाई केही राहत पुर्याउन सकेकोमा खुशी छु। भविष्यमा पनि समुदायको सहयोगका लागि निरन्तर लागिरहनेछु।”