पर्सा , साउन १८
युके ऐड नेपालको सहयोगमा पिपुल इन निड र आसमान नेपालको सहकार्यमा सञ्चालित आरम्भ परियोजना अन्तर्गत आफ्नो व्यवसाय शुरू तथा सुधार सम्बन्धी सात दिने तालिम आज बाराको सुवर्ण र देवताल गाउपालिकामा सम्पन्न भएको छ ।उक्त तालिममा १५ देखि १९ वर्षका विद्यालय बाहिर रहेका किशोरीहरूलाई ८ महिना पठनपाठन गराई उनीहरूको जीविकोपार्जनका निम्ति उक्त तालिमको आयोजना गरिएको डा विरेन्द्र सिंहले जानकारी दिए ।
तालिममा व्यपार गर्दा ध्यान दिनु पर्ने कुरा मूल्य निर्धारण, बजारीकरण लगायतका विषयमा प्रशिक्ष्ँण दिएको थियो । १४ जना किशोरीहरूको सहभागिता रहेको तालिममा शान्ता सुनार, विपाशा चौधरीले प्रशिक्ष्ँण दिएका थिए भने रमेश जैसवाल र धर्मेन्द्र चौरसियाले सहजीकरण गरेका थिए