विशाल यादव
पर्सा । पर्साको पर्सागढी नगरपालिकामा जसपा नेपाल र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।
जसपा नेपालका नेता जितेन्द्र साह र नेपालि काग्रेसका नेता महन्थ दासको नेतृत्वमा करिब सयौं जना नेता तथा कार्यकर्ताहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवम सङ्घिय मामिला तथा सामान्य प्रशासन मन्त्री माननिय राजकुमार गुप्ताले अबिर माला लगाइ पार्टी प्रवेश गराएका थिए ।
नेपाली राजनीतिमा एमाले बाहेक अन्य दलहरुको विकल्प नभएको भन्दै एमालेले युवाहरुको उचित मुल्याङकन गर्दै जिम्मेवारी प्रदान गर्ने मन्त्री गुप्ताले बताए ।
साथै राजनीतिमा व्यक्ति नायक होइन प्रणाली बलियो हुनुपर्छ प्रणाली बलियो भयो भने सरकार स्थिर र देशमा विकास हुन्छ । अहिले समाजमा देखिएका अराजक गतिविधिले देशलाई राम्रो गर्दैन । अराजकताले देशलाई राम्रो गर्दैन त्यसैले देश विकासका लागि राजनैतिक पार्टी बलियो हुनुपर्छ । ’ उनले भने ।
मन्त्री गुप्ताको प्रमुख आतिथ्य एवम ताहिर मिया अन्सारिको अध्यक्षतामा आयोजित सो कार्यक्रममा नेकपा एमाले केन्द्रीय सल्लाहकार समिति सदस्य शिव पटेल , पर्सागढी नगरपालिकाका नगर प्रमुख गोकर्न पाठक , नेकपा एमाले पर्साका जिल्ला सदस्य द्वय सिकन्दर कुर्मि , मोहन कुर्मि , आनन्द ओझा लगायतले नव प्रबेशिहरुलाइ स्वागत गरेका थिए ।