वीरगन्ज , साउन १९
पर्सा जिल्लाको शान्ति सुरक्षा तथा कोरोना महामारी नियन्त्रण गर्न विगतमा गरिएका गतिविधिका बारेमा प्रदेश २ का प्रमुख डा.राजेश अहिराजले जानकारी लिनु भएको छ ।जिल्ला प्रशासन कार्यालय पर्साको सभाहलमा आयोजित अन्तक्र्रिया कार्यक्रममा प्रमुख अहिराजले जिल्लाको अवस्था बारे सुरक्षा निकायका पदाधिकारीहरूसँग छलफल गर्नु भएको छ ।
कार्यक्रममा बोल्दै उहाँले शिरमा देश र मनमा मधेसको भावना राखेर सबैले काम गर्नुपर्ने बताउँनु भयो । हरेक नागरिकलाई देशप्रति गर्व गर्न लायक भावना जागृत गराउन सुरक्षा निकाय, निजामती र पत्रकार मितेर काम गर्नुपर्ने सुझाव दिनु भयो । प्रदेश प्रमुख बनेपछि विभिन्न पहाडी र हिमाली जिल्लाको पनि भ्रमण गरेको चर्चा गर्दै त्यहाँ आफूले निकै माया र सद्भाव पाएको जानकारी दिनु भयो ।
अभाव र अतिवादको कारण समाजमा राज्य प्रतिको अविश्वास,निराशा,दूरी,आक्रोश,वितृष्णा बढदै जाँदा देश द्वण्दमा फस्न लागेको बताए ।ठिक समयमा देशमा राष्टिय एकता कायम गर्ने जिल्ला तहबाट सहकार्य भएन भने अगामि दिनमा कटरबाद झनै फैलिने बताउनु भयो । प्रदेश प्रमुख अहिराजले राष्ट्र सेवक कर्मचारी ,सुरक्षा प्रमुख तथा संचारकर्मिहरुलाई राष्ट्रिय झन्डा अंकित लोगो लगाउनु भएको थियो ।
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरे, पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे ,सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का , चण्डीप्रसाद गणका गणपति नैन बस्नेत, अनुसन्धान उपनिर्देशक टीकाप्रसाद पोखरेल, नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्र प्रधान , वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, महासंघ प्रदेश २ का महासचिव श्याम बन्जारा लगायतको सहभागिता थियो ।