पर्सा , साउन १९
पर्सागढी नगरपालिका अन्तर्गत पर्ने कर्जनिया खोला र सिङ्गगाहि खोलाबाट अबैध रुपमा नदिजन्य प्रदार्थको उत्खनन तथा तस्करीमा वृद्धि भएको छ ।
स्थानिय तहले जेठ ३१ गते देखि गिट्टी , बालुवा , ढुंगाको उत्खनन तथा निकासीमा रोक लगाए पछी अहिले तस्कर हरु गिट्टी बालुवाको तस्करी गरि स्थानीय स्तरमा निजि कार्यको लागि महङ्गो दरमा बिक्री वितरण गरिरहेका छन ।
तस्करहरुले सिङ्गगाहि खोला र कर्जनिहा खोलाबाट बनका कर्मचारी र प्रहरीको मिलोमतोमा व्यापक रुपमा सो खोलाहरुबाट बिहान बेलुका र राती गरि गिट्टी , बालुवा र ढुंगाकाे तस्करी गरिरहेको स्थानियहरुले बताएका छन ।
सो खोलाको नाकामा पर्ने सब डिबिजन बन कार्यालय बडनिहार , रेन्ज पोष्ट छतवनटाडि , मनवा रेन्ज पोष्ट तथा बडनिहार प्रहरी चौकी , मनवा प्रहरी चौकी रहेता पनि उनिहरुकै मिलोमतोमा तस्करी हुने गरेको बताइएको छ । उनीहरु कै मिलोमतोमा सो नदिहरु बाट बिहान बेलुका तथा राती गरि दर्जनौ टेक्टरहरु खोलामा प्रबेस गरि गिट्टी बालुवा तथा ढुंगा लोड गरि दिन दहाडै तस्करहरुले बन कार्यालय र प्रहरी चौकी अगाडिबाट ल्याउदा समेत उनिहरु मुखदर्सक बनेका छन ।
अहिले पर्सागढी नगरपालिकामा २५ सय पर्ने गिट्टी बालुवा ४ हजारमा र ढुंगा ५ हजार पर्ने ८ हजारमा तस्करहरु सङ किनि निजि कार्य गरिरहेका छन ।