पर्सा, साउन १९
सशस्त्र प्रहरी बलले वीरगञ्ज महानगरपालिका वडा नं १४ पिपराबाट २१ किलो गाँजा सहित ट्रक नियन्त्रणमा लिएको छ । विरगंजको पिपरास्थित दोस्रो बाइपास सडक खण्डबाट उक्त परिमाणको गाँजा सहित ट्रक नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरी बल १३ नम्बर गणका सशस्त्र प्रहरी निरीक्षक राजेश्वर प्रसाद साहको कमाण्डमा खटिएको टोलीले बिहान करिब ७ :३० बजेको समयमा बेवारिसे ट्रकबाट गाँजा र ट्रक नियन्त्रणमा लिएको थियो । मकवानपुरको मनहरीबाट वीरगञ्ज आउँदै गरेको ना ३ ख ४२९७ नम्बरको ट्रकमा लागूऔषध गाँजा ल्याउँदै गरेको सूचना पाइएको आधारमा गएको सशस्त्र प्रहरी टोलीले गाँजा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले बताएका हुन् । सशस्त्र प्रहरीको टोली पुग्नु भन्दा अगाडि चालक र सहचालक फरार रहेको खड्काले बताए।ट्रकलाई चेकजाँच गर्दा ट्रकको क्याबिन भित्र ४ वटा प्लाष्टिकको प्याकेटमा गाँजा बरामद भएको थियो ।बरामद भएको गाँजासहित ट्रक आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको सशस्त्र प्रहरी उपरीक्षक खड्काले बताए ।