बिरगंज । न्यु टाईगर क्लब गहवा द्वारा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। न्यु टाईगर क्लब गहवाको सदस्य स्व-सुरज कुमार कानुको निधनको दोस्रो स्मृतिमा आयोजना गरिएको हो।उक्त कार्यक्रम गहवा स्थित दुर्गाहल अगाडिको रोडमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। न्यु टाईगर क्लब गहवाको अध्यक्ष रबि गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा सचिव अमित साह कानु, सल्लाहकार मनिष कुमार प्रजापति,ललन प्रसाद चौरसिया ,समाजसेवी राजेन्द्र भट्टराई,छ्बीलाल साह कानु लगाएतकाहरुको विशेष उपस्थिति रहेको थियोे।
उक्त कार्यक्रममा २ महिला सहित ३८ जनाले आफ्नो अमुल्य रक्तदान गरेका छन रक्त दान गर्नु हुनेमा रुपा अग्रवाल,सुनिता कुमारी गुप्ता,डा.मुकेश नारायण ,श्याम बाबू साह,दिपक पाण्डित,त्रिलोकि कुमार,उमेश माली ,मुकेश कुमार गुप्ता,श्याम प्रसाद गुप्ता लगाएतकाहरुले रक्तदान गरेका थिए।
नेपाल रेडक्रस सोसाइटी रेशमकोठीको युवा संयोजक अभिलाष गुप्ताको विशेष उपस्थिति रहेको थियोे।सो कार्यक्रममा प्राविधिक सहयोग रक्त संचार बिरगंजका दिल्लीमाया घिमिरे,बिके बैठा,नमित चौरसिया,बिबेक यादव लगाएतकाहरुको सहयोगमा सम्पन्न भएको छ।