बिरगंज । निजी तथा आवासीय विद्यालय संघ प्याब्सन महानगरको आयोजनामा आजदेखि अन्तर विद्यालय प्रथम महिला क्रिकेट तथा १२ बर्षमुनीको पुरुष क्रिकेट प्रतियोगिता शुरु भएको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर २४ स्थित ज्ञानदा एकेडेमीमा शुरु भएको प्रतियोगिताको वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले दिप प्रज्जवलित गरि उदघाटन गरेका थिए ।प्याब्सन महानगर कमिटि अध्यक्ष राहुल श्रीवास्वको अध्यक्षतामा भएको उदघाटन समारोहमा क्रिकेट संघ नेपाल क्यान पर्साका अध्यक्ष मनिष सिंह, विद्यालय खेलकुद संघका अध्यक्ष आलोक चौरसिया, गौतम माविका निर्देशक सोनाम लामा,बिरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौलागाईं लगायतकाहरुको विशेष उपस्थिति रहेको थियो ।
प्रमुख अतिथी आलमले यस प्रतियोगिताले बालबालिकाहरूमा खेलकुदप्रतिको रुचि बढाउन योगदान पु-याएको बताएका थिए। प्याब्सनले आगामी दिनमा पनि यस्ता यस्ता प्रतियोगिता थप व्यवस्थित र व्यापक रूपमा आयोजना गर्न सुझाव दिएका थिए। उनका अनुसार शिक्षा संगै अतिरिक्त क्षेत्रमा राम्रो योगदान पुराउने काम गरेकोमा धन्यवाद दिनुभएको थियो । उहाँले भने अब हरेक बिधालयले यस्ता अतिरिक्त क्रियाकलापहरु गर्न सुझाव दिनुभएको हो ।विद्यार्थीहरु चौतर्फी विकास गर्न अति आवश्यकता रहेको र खेल जहिले पनि जित्ने उदेश्यले खेल्नुपर्ने बताएका थिए।
निजी बिधालयले शिक्षा संगसंगै अतिरिक्त क्रियाकलापहरुमा निकै सक्रियताका लागि परेकोमा अहिले खेल क्षेत्र बाट पनि आफ्नो पहिचान बनाउन र स्वास्थ्य शारीरिक हुने भएकोले खेल जिवनको महत्त्वपूर्ण रहेको प्रमुख अतिथी आलमको भनाइ रहेको छ।
आजको उदघाटन खेलमा छात्रातर्फ ओम नेशनल एकेडेमी र जीवनज्योति मावि र छात्रतर्फ कालिकामाई एकेडेमी र लिटल एञ्जल्स स्कुलबीच हुने प्रतियोगिताका संयोजक तथा प्याब्सन महानगर सचिव अमित आलोकले बताए । प्रतियोगितामा छात्रातर्फ २१ वटा र छात्रतर्फ २० वटा विद्यालयले सहभागिता जनाएका छन् ।
उक्त कार्यक्रमको सञ्चालन उज्जवल घिमिरेले गरेका थिए भने स्वागत मन्तव्य प्याब्सन महानगर कमिटि सदस्य सिम्रन सिस्काले गरेको थियो ।