पर्सा । नेपाल कम्युनिष्ट पार्टी एमाले पकाहा मैनपुर गाउँपालिका वडा नं २ को अधिवेशन सम्पन्न भएको छ । आज शनिबार सम्पन अधिवेशनले युवा नेता उपेन्द्र सहनीको नेतृत्वमा २५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेका छ ।
उपाध्यक्ष खुल्लामा मनोज पाण्डे , महिला उपाध्यक्षमा जसोदा देवी ठाकुर , सचिवमा किशोरी महत्तो कम्कर चयन हुनु भएको छ । यसैगरी अधिवेशनले उपसचिवमा द्धय गोपाल वैठा र शशिभुषण कुर्मी , कोषाध्यक्षमा शनिकपूर दास र सदस्यमा ध्रुव कम्कर , पुनम सहनी , उमेश बैठा लगायतलाई चयन गरेको छ ।
शनिवार नेकपा एमालेका नेता एवं पुरानो सदस्य विश्वनाथ प्रसाद कुशवाहाको अध्यक्षता तथा एमाले नेता एवं पूर्व मधेस प्रदेश सभा सदस्य प्रह्लाद गिरीको प्रमुख आतिथ्यतामा वडा अधिवेशन भएको थियो । 
कार्यक्रममा मधेस प्रदेश कमिटी सदस्य विजयी चौरसिया , वीरेन्द्र यादव , सलाउँदिन अहमद , जिल्ला कमिटी सदस्य कृष्णा कुशवाहा , एमाले नेता रामबाबु चौरसिया , हामिद , धामु शर्मा , मदन साह , पालिका कमिटी उपाध्यक्ष नवल पटेल लगायतको उपस्थिति रहेको थियो । 
पकाहा मैनपुर गाउँपालिकाको ५ वडा मध्ये २ वटै वडामा कमिटी गठन भइसकेको छ । जसमा वडा नम्बर ३ अध्यक्षमा मोटर कम्कर भएका छन् भने बाँकी वडा नं १, ४ र ५ मध्ये ४ मा भोलि अधिवेशन हुने वडा नं ४ का नेता धामू शर्माले बताए । 