बिरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वेवारिसे अवस्थामा ५९ कार्टुन स्याउ बरामद गरेको छ ।वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ भुटनदेवीस्थित सडक खण्डबाट जिल्ला प्रहरी कार्यालय पर्सा मातहत खटिएको इलाका प्रहरी कार्यालय नगवाको प्रहरी टोलीले स्याउ बरामद गरेको हो । नामथर नखुलेका १०/१५ जनाले टाउकोमा बोकेर अवैध रुपमा भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीलाई देख्न बितिकै स्याउको कार्टुन त्यँही छोडेर फरार भएको प्रहरीले जनाएको छ ।अनुमानित २८ हजार २ सय ५० रुपैयाँ मूल्य बराबरको स्याउ आवश्यक अनुसन्धानका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक राजेश राज पुरीले जानकारी दिए ।