पर्सा । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका कारण मधेस केन्द्रित रहेको महन्थ ठाकुर र उपेन्द्र यादवको पार्टीले नेकपा एमाले र नेपाली कांग्रेसको बैशाखी बन्न पुगेको छ ।
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल पर्सा जिल्लाको ८ औं जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले मधेस बसोबास गर्ने सोझा साझा मानिसहरूलाई विभिन्न किसिमको प्रलोभन देखाउँदै राजनीतिक आड आफ्ना खेती चलाउँदै आएका ठाकुर र यादवलाई तह लगाउँदै एमालेको बैशाखी बनाउने हाम्रा अध्यक्ष केपी ओली हुन् भने उनले बताएका छन् ।
साथै अब नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले सामजिक सञ्जालमा व्यापक रूपमा लागेर नृत्य तथा रील बनाएर पार्टीको विरुद्ध लाग्नेहरुलाई तह लगाउँदै युवा संघ लाग्नु पर्ने उनले बताए ।