वीरगन्ज । नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य एवं पकाहा मैनपुर गाउँपालिकाका पूर्व अध्यक्ष बिजय कुमार चौरसिया पकाहामैनपुर गाउँपालिकाकाको इन्चार्जको जिम्मेवारी पाएका छन ।
नेकपा एमालेका मधेश प्रदेश कमिटीको कार्तिक २० गतेको बैठकको निर्णय अनुसार आज फाल्गुन ४ गते चौरसियालाई गाउँपालिकाको जिम्मेवारी दिइएको नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष चन्देश्वर मण्डलले जानकारी दिए ।
इन्चार्जको जिम्मेवारी पाएसँगै चौरसियाले सवै कुरालाई पराजित गर्दै अलमलमा परेका पार्टीका नेता एवं कार्यकर्ताहरुलाई एकतावद्ध बनाउदै एमाले पार्टीलाई सुदृढ शक्तिको रुपमा बनाउने बताए ।
हाम्रो पालिकामा अन्य दलका सवै एकतातिर हुँदा पनि नेकपा एमालेले एक्लै चूनाव लडन सक्षम बनाउने र ८४ मा आफ्नो हैसियता देखाउन सफल हुने उनले बताए ।
नेकपा एमालेलाई पालिकाबाट सिद्धाउने चक्रव्युहबाट बाहिर निस्केको अवस्थामा अब दिगो बिजय हासिल गर्न मिशन ८४ मा ध्यान केन्द्रित रहेको इन्चार्ज चौसरियाले बताए । पार्टीका अग्रज नेताहरुले देखाएको बाटो पछ्याउँदै पालिकालाई समृद्ध बनाउन ध्यान केन्द्रित हुने इन्चार्ज चौरसियाले जिकिर गरे।