कन्हैया पटेल / बिरगंज । बीरगंज २४ रामगढ़वामा अवस्थित श्री श्री १००८ श्री सोमेश्वरनाथ महादेव मंदिर संरक्षण समितिको बैठक सम्पन्न भएको छ। आज बसेको बैठकबाट महाशिवरात्रिको आपन अवसरमा २४ घंटे अखण्ड अष्टजामको आयोजना हुने मंदिर संरक्षण समितिका सचिव कन्हैया पटेल बताए।
श्री सोमेश्वरनाथ महादेव मंदिर संरक्षण समितिको अध्यक्ष पन्नालाल कुर्मीको अध्यक्षतामा बसेको बैठकमा बीरगंज २४ का वडा अध्यक्ष विजय कुर्मी, काजी प्रसाद कुर्मी,सीताराम कुर्मी, सर्पदेव राउत, अवध राउत,गंगा ,राजेश, भुलन,रामबृजेश,अमर,गणेश राउत ,पंडित विनय चौबे ,श्रीराम ज्योति कीर्तन मंडली का संयोजक हृदेश पटेल लगायत वडा वासीहरुको सहभागिता रहेको थियो।
सनातन संस्कृतिको प्रचार प्रसार,रक्षा तथा देश र नगरवासी की सुख शांति र समृद्धिको कामना सहित यो लगातार तेश्रो पटक अष्टजामको आयोजन हुने भएको कोषाध्यक्ष काजी प्रसादले जानकारी दिए।
आजको बैठकमा बोल्दै समिति का अध्यक्ष पन्नालाल कुर्मी के हरेक वर्ष झै यस वर्ष पनी मंदिर संरक्षण समितिको आयोजनामा तथा सम्पूर्ण वडा वासीहरुको सहयोगमा हून लागेको अखण्ड अष्टजाम महायज्ञलाई तन ,मन धन ले सहयोग गरी भव्य रुपले सफल बनाई दिनको लागी संपूर्ण नगरवासि,सनातनी, आस्थावादी,सहयोगी दाताहरु लाई अनुरोध गरे।