पर्सा । सर्लाही जिल्ला अन्तरगतका जनप्रतिनिधि र कर्मचारी बिच भएको मैत्रीपुर्ण क्रिकेट प्रतियोगितामा कर्मचारीको टिम विजयी भएको छ । प्रजातन्त्र दिवशको अवसरमा बुधबार मलंगवाको तीन बिघे खेल मैदानमा भएको क्रीकेट प्रतियोगितामा कर्मचारी टिम बिजयी भएको हो।
कर्मचारी टिमको नेतृत्व राष्ट्रिय अनुसन्धान बिभागका डिएसपी रिझन यादवले गर्नु भएको थियो भने जनप्रतिनिधि टिमको क्याप्टेन बलरा नगरपालिकाका नगर प्रमुख रामा शंकर कुश्वाहा रहनु भएको थियो।
टँस जितेर पहिले बल्लेबाजी गरेका कर्मचारी टिमले निर्धारीत १६ अभरमा २६६ रन बनाएको थियो। २६७ रनको लक्ष्य पछ्याउँदै उत्रेका जनप्रतिनिधि टिमले निर्धारीत १६ अभरमा १६२ मात्र जोडे ।
कर्मचारी टिमका क्याप्टेन तथा राष्ट्रिय अनुसन्धान बिभागका डिएसपी रिझन यादवले खेल मानव जीवन सङ्ग जोडिएको एउटा पाटो हो । उनले भने, खेलले शरीरका विभिन्न अङ्गलाई चलायमान बनाउँछ र व्यक्तिलाई फुर्तिलो बनाउँछ ।
व्यक्तिमा आत्मविश्वास जगाउँछ । आपसमा सहयोग गर्ने बानीको विकास गराउनुको साथ साथै मित्रताको भावना बृद्धि गराउँदै साथीभाइबिचको सम्बन्ध बलियो बनाउँछ र अरूलाई सम्मान गर्न पनि सिकाउँछ । खेलबाट पैसासँगै इज्जत कमाउन पनि सकिन्छ । हामीलाई स्वास्थ्य जीवन बाँच्न मदत गर्ने खेलको महत्त्व हामी सबैले बुझ्न जरुरी रहेको डिएसपी यादवले बताएका हुन।