बिरगंज । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन पर्साद्रारा मित्र राष्ट्र भारतमा अध्ययनरत रहेकी बुटवल निवासी छात्रा प्रकृति लम्साल कलेजको छात्राबासमा रहस्यमय मृत्यु भएको बिरोधमा राप्रपाको भातृ संगठन रा.प्र.वि.संगठनले बिरगंजको घण्टाघरमा श्रद्धाञ्जली सभा तथा दिप प्रज्वलन कार्यक्रम गरेको छ ।
सो कार्यक्रम विद्यार्थी नेता दिपेस कुमार साहको नेतृत्वमा भएको सभामा पाटिका केन्द्रिय सदस्य अंगद ठाकुर,पाटिका नेता किरणमान ढंगोल,जलेश्वर सरार्फ ,छठु साह,चिन्टु तिवारी,अनिल कुशवाहा, क्षेत्र नं- १ का क्षेत्रीय अध्यक्ष अर्जुन सिंह ठकुरी,विश्व हिन्दु महासंघका के.स. पृथ्वी झा,राष्ट्रबादी बिरेन्द्र साह लगायतका उपस्थिति रहेको थियो ।
भने कार्यक्रमको सहजीकरण पाटिका जिल्ला प्रबक्ता शम्भु घिमिरेले गरेका थिए ।सो सभामा बक्ताहरुले नेपालको युवा कर्णधार छात्रा अध्ययनरत क्रममा भारतमा रहस्यमय मृत्यु हुदा पनि नेपाल सरकार मुकदर्शक रहेकोमा सरकारको खेद प्रकट गर्दै भर्सना व्यक्त गरेका थिए ।