पर्सा । पर्साको बिरगंज महानगरपालिकामा वडा नं २० मा रहेको श्री नेपाल आधारभूत विद्यालय अपौनीमा अध्ययनरत विद्यालयका १ सय २० छात्राहरुलाई शैक्षिक सामग्री वितरण गरीएको छ ।विद्यार्थीहरूको न्यूनतम आवश्यकता पुरा गर्ने उद्देश्यले विद्यालयमा अध्ययनरत छात्राहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो।
विपन्न बालबालिकालाई पठनपाठनमा सहज होस भन्दै संस्थागत उत्तरदायित्व कार्यक्रम अन्तर्गत कापी, कलम , पेन्सिल लगायत शैक्षिक सामग्री वितरण गरिएको नेशनल इन्फोटेक (एन आई) कलेजका डाइरेक्टर एवं युवा नेता सुधीर पटेलले बताए ।
शैक्षिक सामग्री हस्तान्तरण ऐनआई कलेजका डाइरेक्टर पटेलले न्यून आय भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दा अध्ययन जारी राख्न सहयोग पुग्ने भएकाले अभियानकै रुपमा यस्ता कार्यक्रम जारी रहने बताए ।
साथै शैक्षिक सामग्री पाएपछि आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई अध्ययन गर्न सजिलो भएको एवं सामाजिक उत्तरदायित्व अन्तर्गत कलेजले यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनले बताए ।
कापी कलम र शैक्षिक सामग्रीको अभावमा विपन्न विद्यालय आउन नसक्ने बालबालिकाहरुलाई सहज भएको वडा अध्यक्ष रामकिशोर सिंह परागले बताए । शैक्षिक सामग्री पाएपछि विद्यार्थीहरु नियमित विद्यालय आउने उनले बताए।