बिरगंज । मधेसी जन अधिकार फोरम मधेसले एमसिसीको विरोधमा शुक्रवार पर्सा जिल्लाको पोखरिया नगरपालिकामा कोणसभा गरेको छ ।कोणसभामा फोरम मधेसका अध्यक्ष भाग्यनाथ गुप्ताले एमसिसी देशको लागि घातक रहेको बताए । उनले एमसिसीको लागि सबैले आआफ्नो क्षेत्रबाट विरोध गर्नुपर्ने बताए । अहिलेका नेताहरू पैसाको लागि देश बेच्न पनि पछि नपर्ने बताउँदै उनले एमसिसीको विरोध गर्न आफ्नो पार्टी लागि परेको बताए ।कोणसभामा कार्यक्रममा मोहन यादव, जयकरण यादव, सन्तोष यादव, ललन सहनी लगायतको सहभागिता थियो ।