बिरगंज।नेकपा एमाले पर्सा जिल्ला कमिटीको बिस्तारितबैठक आज पार्टी कार्यालय पर्सामा सम्पन्न भएको छ । जिल्ला अध्यक्ष प्रभु हजराको अध्यक्षतामा बसेको बैठकले आज जिल्ला भरिका बिभिन्न १४ ओटै पालिकाको अध्यक्ष, उपाध्याक्ष, इन्चार्ज र सह इन्चार्ज समेत तोकिएको छ । बैठकले कार्य बिभाजन समेत गरेको छ भने बिभिन्न जन बर्गिय संगठनहरुको समेत इन्चार्ज तोकिएको छ । बैटकले पर्सामा पार्टीको कामलाई गतिशील बनाउनको लागि आवश्यक सबै प्रकारको संगठन निर्माण र परिचालन तथा सुदृढीकरण समेत गर्ने निर्णय गरेको छ । बैठकमा एमालेका नेताहरु अच्युत मैनाली, निर्मला देबकोटा, राजकुमार गुप्ता, जुनेद अन्सारी, प्रद्युम्न र्चाैहान, जय प्रकाश थारु, बसुरुद्धिन अन्सारी, जोगेन्द्र साह कानु, बिश्वम्भर शर्मा तेज प्रकाश निषाद, बिना शर्मा, मनोज गुप्ता लगायतको सहभागिता रहेको थियो ।