वीरगंज । प्याब्सन वीरगंज महानगर समितिको आयोजनामा जारी अण्डर-१२ क्रिकेट प्रतियोगिता अन्तर्गत आज आईतबार भएकाे पहिलाे खेलमा पर्साकाे ग्रामिण भेगमा रहेका विद्यालय कालिका एकेडी विजयी भएकाे छ ।
वीरगंजस्थित ज्ञानदा एकेडेमीको मैदानमा भएकाे खेलमा अल्पाइन स्कूल वीरगंज श्रीपुरलाई हराउँदै १ रनले हराउँदै कालिका एकेडेमी कालिकामाई गाउँपालिका २, भेडिहारी विजयी भएकाे हाे ।
कालिका एकेडमी जितेर ब्याटिङ राेजेपछि सुरुमा ब्याटिङ गरेकाे कालिका एकेडेमीले पुरै १० ओभर खेल्दै ७ विकेटकाे नाेक्सानीमा १२० रन बनाएकाे थियाे । त्यसपछि १२० रनकाे लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रेकाे अल्पाइन स्कूलले १० ओभर मै ६ विकेट गुमाउँदै ११९ रनमै समेटिएपछि कालिका एकेडेमी विजयी घाेषित भएकाे थियाे । खेलकाे म्यान अफ द म्याच कालिका एकेडेमी कै अमित पटेल भएका थिए ।