

बिरगंज। पर्साको जगरनाथपुर गाउँपालिकाको छौठो गाउँ सभा सम्पन्न भएको छ ।गाउँ सभा बाट आर्थिक वर्ष ०७८/०७९ को लागि ४० करोड ५ लाख ४६ हजार बजेट प्रस्तुत भएको थियोे । गाउँ सभा लाई गाउँपालिका अध्यक्ष जालीम मियाँ मंसुरी ले एक कार्यक्रम का बिच उदघाटन गर्नु भएको थियोे ।गाउँपालिका अध्यक्ष जालिम मियाँ ले भने गाउँपालिका लाई १४ कठा जग्गा करौडो जग्गा दिने घोषणा गर्नु भएको छ। घर घरमा गैस चुल्हा बितरण गर्ने सबै वडालाई एक आपसमा जोडने सडक संजाल, दलितको घर उज्यालो अभियान अन्तर्गत निशुल्क मिटर र विधुत जडान गर्ने, पालिका अन्तर्गतका कोरोना बिरामीलाई पालिका मै राखि उपचार गर्ने लगायतका योजनालाई बजेटमा प्राथमिकता दिईएको छ।गाउँपालिका मा शिक्षा ,स्वास्थ्य ,कृषि, महिलाबालबालिका, जेस्ट नागरिक लगायत भौतिक बिकास मा जोड दिनु भएको थियोे ।गाउँपालिका मा रहेको बिधालय हरु मा प्राबिधिक शिक्षा दिने जानकारी दिनु भएको थियोे ।जगरनाथपुर गाउँपालिकामा गरिबी अत्यधिक रहेकोले विपन्न महिलाहरूलाई आत्मनिर्भर बनाउन कार्यक्रम लयाउने बताए । अार्थिक वर्ष ०७८/७९ को ४० करोड ५ लाख, ४६ हजार बराबर को अनुमानित बजेट शिक्षा संयोजक रामनरेश यादव ले प्रस्तुत गर्नु भएको थियोे । गाउँ सभा बाट समाजिक सुरक्षा कोष ७ करोड ।बितिय सामानिकरण तर्फ ११ करोड६८ लाख,।प्रदेश सरकार ७९ लाख ८२ हजार ।प्रदेश बिषेश अनुदान ३० लाख।समपुर्क अनुदान २० लाख ।अानतरिक अनुदान ६ करोड।गरिब संघ बिशेश्वर ५ लाख ४६ हजार लगायत ४० करोड ५ लाख ४६ हजार के बजेट प्रस्तुत भएको छ। गाउँपालिका अध्यक्ष जालिम मियाँ को अध्यक्षतामा भएको कार्यक्रम मा निमित प्रसाशकिय अधिकृत उतम कार्की,,नेपाल पत्रकार महासंघ पर्साका सभापति अनुप तिवारी, वडा अध्यक्षहरू मंगरू राउत गदी, , प्रभु प्रसाद नुनिया, लगायतकाले मन्तव्य राख्नु भएको थियो ।गाउँ सभा मा कार्यपालिका सदस्य ,गाउँपालिका महिला र पुरुष सदस्य ,स्थानियबासिन्दा,कर्मचारी ,पत्रकार , सुरक्षाकर्मी हरु को सहभागिता रहेको थियोे । गाउँ सभा मा उपस्थित पत्रकार , र महिला स्वमसेबिका हरु लाई अध्यक्ष मियाँ ले सम्मानित गर्नु भएको थियोे ।कार्यक्रम संचालन स्वास्थ्य संयोजक पुरेन्द्र साह ले गर्नु भएको थियोे ।